२० असार २०८३, शनिबार

एकै गाउँबाट उम्मेदवारी दिएका वडाध्यक्षका ३ प्रत्यासीले एकअर्कालाई शुभकामना दिँदै गरे मतदान

बैशाख ३०, २०७९
एकै गाउँबाट उम्मेदवारी दिएका वडाध्यक्षका ३ प्रत्यासीले एकअर्कालाई शुभकामना दिँदै गरे मतदान

कैलालीको कैलारी गाउँपालिकास्थित एउटै गाउँबाट वडाध्यक्षको लागि उम्मेदवारी दिएका तीन जना प्रत्यासीले एक अर्कालाई शुभकामना दिँदै मतदान गरेका छन् ।

गाउँपालिकास्थित वडा नं. ६ का वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका तीनै जनाले अपरम्पार आधारभूत नमूना विद्यालय मतदान केन्द्रमा एकअर्कालाई शुभकामना दिदै शुक्रवार मतदान गरेका हुन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रेमबहादुर चौधरी, स्वतन्त्र उम्मेदवारी दिएका अनिल कुमार चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका चन्द्र प्रसाद चौधरी वडा नं. ६ बेनौली गाउँका स्थानीय हुन् ।

उनीहरू तीनै जनाले एकअर्कालाई शुभकामना दिँदै मतदान गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्