
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह-संयोजक माधव कुमार नेपाल बुटवल आएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षणको लागि उनीहरू बुटवल आएका हुन् ।
पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल ( बलदेब)का अनुसार आज बिहान ११ बजे नयाँगाउँ, रूपन्देहीमा उनीहरूले प्रशिक्षणमा दिनेछन् ।

पार्टी एकतापछि बुटवलमा पहिलो पटक प्रदेश स्तरको प्रशिक्षण आयोजना गरिएको हो । यसले प्रदेश स्तरका नेताहरूको बुझाइमा एकरूपता र कार्य सम्पादनमा प्रभावकारिता देखिने अपेक्षा गरिएको उनले बताए ।
पार्टीको जिम्मेवार बाँडफाटको क्रममा देखिएका असन्तुष्टिहरूको निवारण समेत गर्ने हेतु यो बैठक र प्रशिक्षण कोशेढुङ्गा साबित हुने उनको भनाइ छ ।