
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ ।
विहान मतदानस्थलमा लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले हवाई फायर खोल्नु परेको ओखलढुङ्गाका प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए ।
मतदानस्थलमा ३ जना प्रहरी र ५ जना म्यादी प्रहरी सुरक्षामा खटिएका थिए । अहिले त्यहाँको अवस्थामा सामान्य भइसकेको र सर्वदलीय बैठक बसेपछि मतदान शुरू हुने डीएसपी खनालले लोकान्तरलाई बताए ,।