बैशाख ३०, २०७९
काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर, रासस
काठमाडाैं | बैशाख ३०, २०७९
देशभरको स्थानीय तह निर्वाचनको मतदान सकिएको छ । ७५३ स्थानीय तहमध्ये ५ ठाउँमा निर्वाचन स्थगित भएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शीतलपुर मतदान केन्द्र, रामेछापको खाँडादेवी–१ राँकाथुम, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित भएको निर्वाचन आयोगले बताएको छ ।
शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो । कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा केहीबेर स्थगित भएको मतदान अहिले सुचारु भएका छन् ।
मतदान सम्पन्न भएको मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको आयोगले बताएको छ ।
सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतले तोकेको स्थानमा मतपेटिका लैजाने क्रम जारी रहेको निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा नै आजै रातिबाट मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ ।
मतगणना शुरु हुनुअघि निर्वाचन अधिकृतले सर्वदलीय बैठक राख्नेछन् । सर्वदलीय बैठकपछि मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ ।
काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर, रासस
सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्ना...
इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन् । उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक...
हावाहुरीले गर्दा दाङमा एउटा मतदान स्थलमा क्षति पुगेको छ । गढवा गाउँपालिका-६ स्थित सर्वोदय प्राथमिक विद्यालयमा हावाहुरी सहित परेको पानीले विद्यालयको टिनको छानो उडाएको छ । विद्यालय भवनको टिन...
स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो । समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् । निर्...
स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि अपराह्न ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि भएको मतदानमा अपराह्न ४ बजेसम्म ५५ प्रतिशतले मतदान गरेका हुन् । आज देशभ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...