२९ जेठ २०८३, शुक्रबार
स्थानीय चुनाव

देशभर मतपेटिका संकलन हुँदै, आजै मतगणना शुरू हुने

बैशाख ३०, २०७९
देशभर मतपेटिका संकलन हुँदै, आजै मतगणना शुरू हुने
बागलुङको गलकोट नगरपालिका-७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान सकिएपछि मतपेटिका शिलबन्दी गर्दै कर्मचारी । तस्वीरः रामबहादुर थापा, रासस

देशभरको स्थानीय तह निर्वाचनको मतदान सकिएको छ । ७५३ स्थानीय तहमध्ये ५ ठाउँमा निर्वाचन स्थगित भएको छ । 

काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शीतलपुर मतदान केन्द्र, रामेछापको खाँडादेवी–१ राँकाथुम,  सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित भएको निर्वाचन आयोगले बताएको छ ।  

शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो । कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा केहीबेर स्थगित भएको मतदान अहिले सुचारु भएका छन् । 

मतदान सम्पन्न भएको मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको आयोगले बताएको छ ।

सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतले तोकेको स्थानमा मतपेटिका लैजाने क्रम जारी रहेको निर्वाचन आयोगले बताएको छ । 

निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा नै आजै रातिबाट मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ । 

मतगणना शुरु हुनुअघि निर्वाचन अधिकृतले सर्वदलीय बैठक राख्नेछन् । सर्वदलीय बैठकपछि मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्