
सबैभन्दा धेरै मतदान रहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा अहिले पनि मतदान जारी छ । बुथ इन्चार्ज सन्तोष केसी केसीले अहिले पनि मतदान जारी रहेको बताए ।
साँझपख परेको हावाहुरी सहितको वर्षाले विद्युत नहुँदा मोबाइल बालेर मतदानमा खटिएका कर्मचारीले काम गरेका छन् । मतदान सकिन एकाध घण्टा लाग्ने बताए ।
वडामा १६ हजार २४७ मतदाता रहेका थिए । जसमध्ये ११ हजार भन्दा बढी मत खसेको थियो ।
यो मतदान स्थलमा अहिले भर्खरै मतदान सकिएको छ । लुम्बिनी वाणिज्य क्याम्पसमा मतदान स्थल हो । जहाँ १६ वटा बुथ रहेका छन् ।
पाँच बजे गेटभित्र प्रवेश गरेकाहरूलाई अहिलेसम्म पनि मतदान गरिराखेका छन् । बुटवलका अन्य वडामा मतदान सकिएर नगरपालिकामा मतपेटिका पुयाउने क्रम जारी छ ।