१० साउन २०८३, आइतबार

मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै बालेनले जनाए आपत्ति

बैशाख ३१, २०७९
मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै बालेनले जनाए आपत्ति

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्।  

'५ जना स्वतन्त्रको एक जना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ। यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराउँछ। यसप्रति निर्वाचन आयोग सजग बनोस्। र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस्,' बालेनले लेखेको छ।

उनले निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गरेका छन्। उनले स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधि पाउनुपर्ने माग गरेका छन्।

'मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने कुरा आयो। सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्दतिको निर्वाचन भएको छ। उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन। हरेकलाई हरेकसँग प्रतिष्पर्धी मानिएको छ। हरेकले पाउने प्रत्येक मतको 'मतभार' बराबर छ। यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ?,' उनले भनेका छन्, 'स्वतन्त्रहरु आफैँमा फरक-फरक विचार, समूह र उम्मेदवार हुन्। उनीहरु आफैँ बीचमा प्रतिस्पर्धा हुन्छ। यस्तोमा पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो? कुन-कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एक जनामात्रै प्रतिनिधि छान्ने हो? पाँचजनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रकिया र बिधि के हो? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यबिधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन। त्यसैले, सामान्य प्राबिधिक कुराहरुमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलवाड नगरियोस्।'

salt training

कमेन्ट गर्नुहोस्