
दाङका ३ पालिकामा मतगणना शुरू भएको छ ।
देउखुरी उपत्यकाका ३ स्थानीय तहमा अहिले मतणना जारी छ ।
राप्ती गाउँपालिका–९ बाट र गढवा गाउँपालिका–७ बाट मतगणना थालिएको छ । राप्तीमा नेकपा माओवादी केन्द्रले शुरूआती अग्रता लिएको छ भने गढवामा नेकपा एमालेले शुरूवाती अग्रता लिएको छ ।
राजपुर गाउँपालिकामा पनि मतणना भइरहेको छ । वडा नम्बर १, ६ र ७ मा मतगणना शुरू भएको छ ।