२० असार २०८३, शनिबार

वीरगञ्ज महानगरपालिकाको मतगणना शुरू हुँदै

बैशाख ३१, २०७९
वीरगञ्ज महानगरपालिकाको मतगणना शुरू हुँदै
प्रतिकात्मक तस्वीर

स्थानीय तह निर्वाचनअन्तर्गत मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना शनिवार बिहान १० बजेदेखि शुरू गरिँदैछ ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ । 

छलफलपश्चात् मतगणनाको अघि बढाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । मतगणनाको तयारीका लागि विद्यालयको ‘सी’ ब्लकमा मतगणना कक्षमा आवश्यक फलामे तारजालीसहित सीसीटीभी जडान गरिएको छ । 

जिल्लामा रहेका कूल १४ पालिकाको विभिन्न पदका जनप्रतिनिधिका निर्वाचनमा कूल ३ हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । १४ पालिका रहेको  जिल्लामा हाल १ लाख ४८ हजार २८३ महिला र १ लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रोलिंगी गरी ३ लाख ३९ हजार ८३६ जना  मतदाता रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्