
धनुषाको औरही गाउँपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार ब्रह्मदेव यादवले १६५ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार उमाशंकरप्रसाद साहले १६० मत ल्याएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी रिंकीकुमारी मण्डलले १६४ मत ल्याएकी छन् भने नेकपा एमालेकी पुनमकुमारी साहले १३९ मत ल्याएकी छन् ।