१९ असार २०८३, शुक्रबार

हरिनासको १ नम्बर वडामा कांग्रेसका गुरुङ विजयी

बैशाख ३१, २०७९
हरिनासको १ नम्बर वडामा कांग्रेसका गुरुङ विजयी

स्याङ्जाको हरिनास गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन रहेको वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे । २ वडाध्यक्षबीच २६२ मतको मतान्तर रहेको छ ।

सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएका निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै शुरूआती अग्रता रहेको जनाइएको छ । गठबन्धनका तर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।

salt training

कमेन्ट गर्नुहोस्