१८ असार २०८३, बिहीबार

लमजुङका आठै पालिकामा मतगणना शुरू

बैशाख ३१, २०७९
लमजुङका आठै पालिकामा मतगणना शुरू

लमजुङ जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ पालिकाको मतगणना शुरू भएको छ ।

शुक्रवार मतदान सम्पन्न भएसँगै शनिवार केही पालिकाले बिहानदेखि र बाँकी पालिकाले केही समयअघिदेखि मतगणना शुरू गरिएको जानकारी दिइएको छ ।

बेंसीशहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिकामा मतगणना शुरू भएको छ । 

दोर्दी, मस्र्याङ्दी, क्ब्होलासोथर र दूधपोखरी गाउँपालिकामा समेत मतगणना शुरू भएको जनाइएको छ । जिल्लाभर ६९ दशमलव ६ प्रतिशत मत खसेको छ ।

निर्वाचन अधिकृत सिर्जना मिश्रका अनुसार जिल्लामा कूल मतदाता १ लाख ३१ हजार ४९४ रहेकामा  ९१ हजार ४५४ जनाले मतदान गरेका थिए । चौंसठ्ठी हजार ४१ पुरुष र ६७ हजार ४५३  महिला मतदातामध्ये ४८ हजार ८८७ महिला र ४२ हजार ५६७ पुरुषले मतदान गरेका थिए ।

जिल्ला सदरमुकाम बेंशीशहर नगरपालिकामा कूल मतदाता २६ हजार २०७ रहेकामा १८ हजार १८५ मत खसेको थियो । दूधपोखरी गाउँपालिकामा ८ हजार ८८८ मतदाता रहेकामा ५ हजार ७२६ मत खसेको थियो भने सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ मतदाता रहेकामा १४ हजार ५२ मत खसेको थियो । 

दोर्दी गाउँपालिकामा १५ हजार ८४ मतदाता रहेकामा १० हजार ४०६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्ब्होलासोथर गाउँपालिकामा ९ हजार २९८ मतदाता रहेकामा ६ हजार ६५७ मत खसेको थियो । 

मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४० कूल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो भने राइनास नगरपालिकामा १५ हजार ९८९ मतदातामध्ये ११ हजार २३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मध्यनेपाल नगरपालिकामा २० हजार ९२ मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्