२४ असार २०८३, बुधबार

झापाको कचनकवल गाउँपालिकामा गठबन्धन उम्मेदवारको अग्रता

बैशाख ३१, २०७९
झापाको कचनकवल गाउँपालिकामा गठबन्धन उम्मेदवारको अग्रता

नेपालकै सबभन्दा होचो ठाउँ भनेर चिनिने झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले अग्रता लिएका छन् । 

वडा नम्बर १ को ताजा परिणामअनुसार, उनले अहिलेसम्म ७९९ मत प्राप्त गरेका छन् भने उनलाई राप्रपाका अन्जरा आलमले ३०६ मतका साथ पछ्याइरहेका छन् । 

यस गाउँपालिकामा कांग्रेस र एमालेले राप्रपाविरुद्ध अध्यक्ष तथा उपाध्यक्ष पदका लागि गठबन्धन गरेका हुन् । 

उपाध्यक्षमा उठेका एमाले उम्मेदवार नवराज भट्टराईले ३५३ मत प्राप्त गरेका छन् । उनी राप्रपाकी निमसरी राजवंशीभन्दा पछि परेका छन् । राजवंशीले ४०९ मत ल्याएकी छन् । 

वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेस ६०० मतका अगाडि छ भने राप्रपाले ३८० मतका साथ पछ्याइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्