
सिरहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । २७७ मत गन्दा कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार यादवले १०४ मत ल्याएका छन् ।
जनता समाजवादी पार्टीका अशेश्वरप्रसाद यादवले ९९ मत ल्याएका छन् ।
नेकपा एमालेबाट मेयर उम्मेदवार नवीनकुमार यादवले ३७ मत ल्याएका छन् ।
त्यसै गरी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार रीताकुमारी यादवले २९ मत र जनमत पार्टीका उम्मेदवार राजकुमार यादवले ८ मत प्राप्त गरेका छन् ।