१८ असार २०८३, बिहीबार

शुद्धोधन–१ मा १ भोटले जसपाको जीत, पुन: मतगणना गर्न कांग्रेसको माग

बैशाख ३१, २०७९
शुद्धोधन–१ मा १ भोटले जसपाको जीत, पुन: मतगणना गर्न कांग्रेसको माग

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार १ मतले निर्वाचित भएका छन् ।

जसपाका उम्मेदवार (उदयराज गडेरिया) बाबुराम पालले ९ सय ९२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार जङ्ग बहादुर यादवले ९९१ मत पाएका छन् । 

एमालेका कृष्ण बहादुर गौतम क्षेत्रीले २ सय १२ मत पाएका छन् भने राप्रपाका उम्मेदवार नाजित दिन मुसलमानले ४४४ मत पाएका छन् । 

माओवादी केन्द्रका सम्भु लोनियाँले  १ सय २ मत पाउँदा स्वतन्त्र उम्मेदवार सिमा चौहानले शून्य मत पाएकी छन् । 

१ मतले चुनाव हारेपछि कांग्रेसले पुन  मतगणनाका लागि निवेदन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्