१९ असार २०८३, शुक्रबार

पाल्पाको तिनाउ–१ मा एमालेको प्यानल नै विजयी

बैशाख ३१, २०७९
पाल्पाको तिनाउ–१ मा एमालेको प्यानल नै विजयी

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर -१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

अध्यक्ष पदमा एमालेका भुवन चिदी १ हजार १४१ मत लिएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी गठबन्धन दलका उम्मेदवार हस्त बहादुर रास्कोटीले ९७९ मत मात्र  प्राप्त गरे ।

चिदीले रास्कोटीलाई १६२ मतान्तरले पराजित गरेका हुन् ।

यसैगरी वडा सदस्यमा खुला तर्फ देउबहादुर पुनले १ हजार १२१, यमबहादुर गाहाले १ हजार १२७, महिला खुल्ला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुप कुमारी कामीले १ हजार १३८ मत प्राप्त गर्दै विजयी भएका छन् । तिनाउ १ मा कूल २१५० मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्