
चासोका साथ हेरिएको पोखरा महानगरको मेयर पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् ।
शनिवार ढिलागरी शुरू भएको मतगणनामा आचार्यले एमाले उम्मेदवार कृष्ण थापा भन्दा २ भोट बढी पाएका छन् ।
शनिवार राति १० बजेको विवरण अनुसार २०० भोट गणना हुँदा आचार्यले ७४ मत प्राप्त गरेका छन् भने थापाले ७४ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले ११ भोट पाएका छन् ।
सत्ता गठबन्धनबीच तालमेल गर्दा पोखरा नेकपा एसले प्राप्त गरेको छ ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छिन् भने एमालेकी उम्मेदवार मञ्जु गुरुङले ८१ मत प्राप्त गरेकी छिन् ।