
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।
बुटवलको २ नम्बर वडामा एकीकृत समाजवादीका सुनिल शाक्य वडाध्यक्षमा विजयी भएका छन् ।
उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाई हराएका हुन् । शाक्य ३८ मतान्तरले विजयी भएका छन् । २ नम्बर वडालाई एमालेले गढ भन्दै आएको थियो ।