२५ असार २०८३, बिहीबार

पाल्पाको रम्भा गाउँपालिका: फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग

पाल्पाको रम्भा गाउँपालिका: फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग

पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरिएको छ । 

विभिन्न दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै मतगणना गर्ने क्रममा फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन् । 

रम्भा गाउँपालिकाका नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी र मंगोल नेशनल अर्गनाइजेसनले विज्ञप्ति जारी गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका हुन् । 

वडा नं. ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको विज्ञप्तिमा उनीहरूले दाबी गरेका छन् । 

मतगणना कार्यमा आवश्यक सीसीटीभी व्यवस्था नगरिएको, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरू सहभागी नगराइएको, आवश्यक बिजुलीबत्तीको वैकल्पिक व्यवस्था नगरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय व्यक्तिहरूलाई प्रवेश दिइएको जस्ता आरोप पनि उनीहरूले लगाएका छन् । 

मतपेटिका अँध्यारो तथा अन्य सामग्री भएका स्थानमा राखिएको, गाउँपालिकाभित्रका अन्य मतपत्रहरु पनि सुरक्षित नदेखिएको भन्दै यी कुरामा खेद व्यक्तसमेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मतगणना कार्यमा संलग्न कर्मचारीहरूलाई नियमानुसार. विभागीय कारवाही तथा पुनः मतदानका लागि माग गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति रहेको व्यहोरा जानकारी गराउँदछौं ।’ गाउँपालिकाको मतगणना आइतवारदेखि नै रोकिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्