०५ साउन २०८३, मंगलबार

जनकपुरधाम अपडेटः २ वटा वडामा कांग्रेस र एउटा वडामा तमलोपा विजयी

जनकपुरधाम अपडेटः २ वटा वडामा कांग्रेस र एउटा वडामा तमलोपा विजयी

जनकपुरधाम उपमहानगरपालिकाको तीन वटा वडाको मतपरिणामअनुसार नेपाली कांग्रेसले दुई र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले एक ठाउँमा जित निकालेको छ । 

वडा नम्बर १ मा नेपाली कांग्रेसका दीपनारायण यादव एक हजार १४३ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लाभकुमार अधिकारीले ५४१, लोकतान्त्रिक समाजवादी पार्टीका गौतमकुमार साहले २५४ मत र जनता समाजवादी पार्टीका शत्रुघन साह ले २०३ मत ल्याएका थिए ।

त्यसै गरी २ नम्बर वडामा पनि नेपाली कांग्रेसका शिवकुमार साह ६११ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, एमालेका सन्तोषकुमार साहले १५७ मत र जनता समाजवादी पार्टीका रामचन्द्र पजियारले ६२ मत ल्याएका थिए । 

त्यसै गरी वडा नम्बर ३ मा तराई मधेश लोकतान्त्रिक पार्टीका दीपेन्द्र साह निर्वाचित भएका छन् । लोसपाबाट विभाजित भएको उक्त पार्टीको नेतृत्व वृषेशचन्द्र लालले गरिरहेका छन् । 

अन्य वडाहरूको मतगणना जारी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्