०७ साउन २०८३, बिहीबार

गढ मानिने रोल्पाकै गाउँपालिकामा माओवादी तेस्रो पोजिसनमा, एमालेको अग्रता

गढ मानिने रोल्पाकै गाउँपालिकामा माओवादी तेस्रो पोजिसनमा, एमालेको अग्रता

माओवादीको उद्गमस्थल मानिने रोल्पाको एउटा गाउँपालिकामा माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चिएको छ ।

आइतवार साँझसम्म मतगणना अन्तिम चरणमा पुग्दा माओवादीका उम्मेदवार दोस्रो बन्नको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

गंगादेव गाउँपालिकामा नेकपा एमालेका रोशनकुमार वली दुई हजार ५८ मतसहित अग्रस्थानमा छन् ।

नेपाली कांग्रेसका हरिबहादुर पुन एक हजार ८४६ मतसहित दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा पुगेका माओवादीका वीरबहादुर खत्रीले एक हजार ४८६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार चूडामणि वलीले एक हजार २०० मत पाएका छन् ।

नेत्रविक्रम चन्द विप्लवको तर्फबाट स्वतन्त्र उम्मेदवारले मत काट्दा माओवादी उम्मेदवार तेस्रो पोजिसनमा पुगेका हुन् ।

रोल्पा माओवादी नेता वर्षमान पुनको निर्वाचन क्षेत्र हो । 

कमेन्ट गर्नुहोस्