
माओवादीको उद्गमस्थल मानिने रोल्पाको एउटा गाउँपालिकामा माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चिएको छ ।
आइतवार साँझसम्म मतगणना अन्तिम चरणमा पुग्दा माओवादीका उम्मेदवार दोस्रो बन्नको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
गंगादेव गाउँपालिकामा नेकपा एमालेका रोशनकुमार वली दुई हजार ५८ मतसहित अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसका हरिबहादुर पुन एक हजार ८४६ मतसहित दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा पुगेका माओवादीका वीरबहादुर खत्रीले एक हजार ४८६ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार चूडामणि वलीले एक हजार २०० मत पाएका छन् ।
नेत्रविक्रम चन्द विप्लवको तर्फबाट स्वतन्त्र उम्मेदवारले मत काट्दा माओवादी उम्मेदवार तेस्रो पोजिसनमा पुगेका हुन् ।
रोल्पा माओवादी नेता वर्षमान पुनको निर्वाचन क्षेत्र हो ।