१० असार २०८३, बुधबार

गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका कैसाङनुर्पु विजयी

गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका कैसाङनुर्पु विजयी

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कैसाङनुर्पु तामाङ निर्वाचित भएका छन् ।

उनले २ हजार ५६३ मत पाए । 

उनका प्रतिद्वन्द्वी   नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए ।

कैसाङनुर्पु तामाङ एमाले जिल्ला कमिटीको उपसचिव हुन् भने पेम्बा छिरिङ तामाङ कांग्रेसको पार्टी सभापति हुन् ।

उपाध्यक्षमा विजयी प्रतिमा तामाङले २ हजार ५ सय ४५ मत पाएकी छन् । 

उनी एमालेबाटै उम्मेदवार बनेकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको देकी तामाङले २ हजार ८८ मत पाइन् ।

salt training

कमेन्ट गर्नुहोस्