
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ ।
पछिल्लो मतगणना अनुसार मेयर पदमा कांग्रेसका चिरी बाबु महर्जनले २ हजार ५७१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ हजार ८४ मत पाएका छन् ।
कांग्रेसका महर्जनले व्यञ्जनकारसँग साढे २ गुणा बढीको मतान्तर कायम राखेका छन् ।