
मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् ।
सोमवार बिहान सकिएको मतगणनाअनुसार लामाले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामा यसअघि पनि गाउँपालिकाका अध्यक्ष थिए ।
एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गरी विजयी हुँदा माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भए । उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे ।
रानाले ५ हजार २९९ मत प्राप्त गरिन् ।