१९ असार २०८३, शुक्रबार

पोखराको मेयरमा गठबन्धनका उम्मेदवारको अग्रता, पछ्याउँदै एमाले

पोखराको मेयरमा गठबन्धनका उम्मेदवारको अग्रता, पछ्याउँदै एमाले

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म ८ हजार ६९३ मत गणना हुँदा आचार्यले ३५७ मतको अन्तर बनाएका छन् । 

हालसम्म आचार्यले ३ हजार ४६५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार १०८ मत पाएका छन् ।

गठबन्धनबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाट र एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङबीच थोरै मतान्तर छ । मञ्जुदेवीले ३ हजार ५७५ मत ल्याउँदा कांग्रेसकी रानाभाटले ३ हजार ६०० मत पाएकी छन् । दुवैको मतान्तर २५ मात्रै छ ।

salt training

कमेन्ट गर्नुहोस्