
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले शुरूआतदेखिको अग्रता कायमै राखेका छन् ।
शनिवारदेखि मतगणना शुरू भएकोमा हालसम्म ७ हजार ४७० गणना भएको छ । जसमा हमालले ३ हजार ३२९ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७, नेकपा एमालेका रणबहादुर चन्दले ७८३ मत पाएका छन् । उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन् ।
मतगणना शनिवार साढे १२ बजेदेखि शुरू भएको थियो । शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।