
काठमाडौं महानगरपालिकामा १४ हजार ३२६ मतगणना भएको छ ।
जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।
सोमवार बिहानसम्म बालेनले ५ हजार ४४६ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ९५२ मत पाएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ५७७ मत पाएकी छन् ।
उपमेयरमा सूर्यको ५ हजार ५५९ मत, कलमको १ हजार ५२९ मत, हलोको १ हजार १८६ मत र लौरोको ६११ मत आएको छ ।