१७ असार २०८३, बुधबार

पोखरा महानगरमा ३५७ मतले धनराजको अग्रता

पोखरा महानगरमा ३५७ मतले धनराजको अग्रता

पोखरा महानगरको मेयरका लागि भइरहेको मत गणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य साढे ३ सय मतान्तरले अगाडि देखिएका छन् ।

सोमवार बिहानसम्मको प्रारम्भिक मतगणनामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ३ हजार ४६५ मतसहित अग्रता कायम गरेका छन् । 

नेकपा एमालेका कृष्ण थापाले ३ हजार ३८ मत प्राप्त गरेका छन् । दुवैबीचको मतान्तर ३५७ छ ।

उपमेयरमा ३ हजार ६०० मतसहित नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्रस्थानमा छिन् । 

salt training

कमेन्ट गर्नुहोस्