
धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
नेपाली कांग्रेसबाट मेयर उम्मेदवार प्रदीपकुमार यादवले १ हजार १३१ मत ल्याएर अग्रता कायम राखेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट निवर्तमान मेयर समेत रहेका रामज्ञान मण्डलले ५५४ मत, जनता समाजवादी पार्टीबाट देवकृष्ण मण्डलले ५२५ मत, नेकपा माओवादी केन्द्रबाट सुनिलकुमार यादवले ३९९ मत, नेकपा एमालेबाट सूर्य नारायण कामतले ३९८ मत ल्याएका छन् ।