०८ असार २०८३, सोमबार

रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अग्रता

रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अग्रता

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवालीले अग्रता लिएका छन् ।

सोमवार बिहानसम्मको मतगणनामा माओवादी उम्मेदवार ज्ञवालीले ३ हजार ३३ भोटसहित अग्रता लिएका छन् ।

नेकपा एमालेका हिमाल श्रेष्ठ २ हजार ७३७ भोटसहित दोस्रो स्थानमा छन् । अध्यक्षमा मतान्तर २९६ छ ।
 
उपाध्यक्षमा एमालेकी मीना गौतम ३ हजार ३४ मतसहित अगाडि छिन्, कांग्रेसकी दुर्गा ज्ञवालीले २ हजार ६८५ मत प्राप्त गरेकी छन् ।

रुरुक्षेत्र एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गाउँपालिका हो । २०७४ सालको स्थानीय चुनावमा यो गाउँपालिका एमालेले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्