०९ असार २०८३, मंगलबार

मतगणना अन्तिम चरणमा पुग्दा छत्रदेव गाउँपालिकामा कांग्रेस ४ भोटले अगाडि

मतगणना अन्तिम चरणमा पुग्दा छत्रदेव गाउँपालिकामा कांग्रेस ४ भोटले अगाडि

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार झिनो मतले अघि बढेका छन् ।

सोमवार बिहानको नतिजामा कांग्रेसका चन्द्रमान श्रेष्ठ ५ हजार ६५१ मतसहित अगाडि छन् ।

नेकपा एमालेका दीपक पन्थी ५ हजार ६४७ मतसहित पछ्याइरहेका छन् । २ जनाको मतान्तर ४ मात्र छ । गाउँपालिकामा विगतमा नेपाली कांग्रेसले चुनाव जितेको थियो ।

उपाध्यक्षमा एमालेकी मीना पन्थी ५ हजार ९०६ मतसहित अग्रस्थानमा छिन् । कांग्रेसकी इन्दिरा भुसालले ५ हजार ५१६ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्