
विराटनगर महानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ ।
१९ नम्बर वडाको अन्तिम मतपरिणाम अनुसार एमालेका श्याम घिमिरेले ९८७ मत ल्याउँदै विजयी भएका छन् ।
वडामा एमालेले प्यानल नै जितेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार बद्रीनारायण सरदारसँग उनी पराजित भएका थिए ।
यसपटकको चुनावमा बद्रीले नै घिमिरेलाई सहयोग गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय राजवंशीले ९०५ मत पाएका छन् ।