
हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा (एस)ले अग्रता बढाएको छ ।
१५ हजार २५५ गन्दा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एस)की मीनाकुमारी लामाले ४७२९ मत ल्याएकी छन् ।
दोस्रो स्थानमा राप्रपाका दीपकबहादुर सिंहले ४४४९ मतसहित प्रतिस्पर्धामा छन् । एमालेका अनन्तप्रसाद पौडेल ४००६ मतसहित तेस्रो स्थानमा छन् ।