१३ असार २०८३, शनिबार

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी भएका हुन् । रोकाले कुल ३ हजार ९६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८०५ र नेकपा माओवादीका टेकबहादुर विकले १ हजार ५२१ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपाध्यक्षमा पेमा अधिकारी सबैभन्दा धेरै ४ हजार २६१ मत लिएर विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३७३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मनोहर ढुंगानाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्