
संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।
मकालुमा कांग्रेसका वाङ्दिछिरिङ शेर्पाले ३ हजार १७ मत ल्याएर विजयी भए ।
उनका प्रतिद्वन्द्वी एमालेका भरतकुमार कटुवालले २४ सय ७८ मत ल्याए ।
उपप्रमुखमा माओवादी केन्द्रका मनकला राई २७ सय ५९ मत ल्याएर विजयी भइन् ।
उनका प्रतिद्वन्द्वी एमालेका चमेली राईले २ हजार ३३ मत ल्याइन्।