
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् ।
बिहान ५ बजेसम्म २३ हजार ९५१ मत गणना हुँदा शाहले ९ हजार ३७८ मत पाएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९३९ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ३३३ मत पाएकी छन् ।