
पाल्पाको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित भट्टराईले ६ हजार ६४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १४५ मत पाएका छन् ।
कूल ६ हजार ३०७ मत ल्याएर माओवादी केन्द्रका युवराज थापा उपाध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार १६१ मत पाइन् ।
८ वडा रहेको गाउँपालिकामा २ वडा नेकपा एमाले र ६ वडाको अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार निर्वाचित भएका छन् ।