
काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ ।
काठमाडौंका मेयरका स्वतन्त्र उम्मेदवार बोलेन साहले ११ हजार ६३२ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धि एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार २५९ र पाँचदलीय गठबन्धनकोतर्फबाट कांग्रेसको उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह)ले ५ हजार ४८६ मत पाएकी छन् ।
पछिल्लो गणनामा बालेनले १५५ मत पाउँदा केशव स्थापितले ३१ मत मात्रै पाएका छन् ।
अघिल्लो तथ्यांक सार्वजनिक हुँदा बालेनले ११ हजार ४७७ मत पाएका थिए । त्यसबेला स्थापितले ६९२० मत पाएका थिए ।