२२ असार २०८३, सोमबार

महेन्द्रनगरको बागफाटामा डिशहोम फाइवरनेटको शोरुम

महेन्द्रनगरको बागफाटामा डिशहोम फाइवरनेटको शोरुम

डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न महेन्द्रनगर बागफाटामा डिशहोम फाइवरनेट शोरुमको सञ्चालनमा आएको छ । सो शोरुमको सञ्चालन जेनिशा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले गर्नेछ ।

शोरुम उद्घाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य,  सेल्स अफिसर कमल रिमाल  , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले  अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ । 

४०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले  जानकारी  दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्