०८ असार २०८३, सोमबार

इलामको माईजोगमाई –१ को वडाध्यक्षमा गोलाप्रथाबाट एमालेका कार्की विजयी

इलामको माईजोगमाई –१ को वडाध्यक्षमा गोलाप्रथाबाट एमालेका कार्की विजयी

इलामको माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा गोला प्रथाबाट नेकपा एमालेका याम कुमार कार्की विजयी भएका छन् । 

मतगणनामा एमालेका कार्की र नेपाली कांग्रेसले  टेक बहादुर शाहले बराबरी १ हजार ८४ मत ल्याएका थिए । ३१ गते मतगणना सकिए पनि गोला प्रथा भने सोमवार गरिएको थियो । 

बराबरी मत ल्याएपछि दुवै जना मतगणना स्थलबाट बाहिरीएका थिए । जेठ १ गते दुवै जना आएपनि कार्कीले भने गोलाप्रथा गर्न मानेका थिएनन् ।  

गोलाप्रथामा कार्की विजयी भएको माईजोगमाईका निर्वाचन अधिकृत प्रेम काफलेले जानकारी दिए ।

माईजोगमाई गाउँपालिकामा भने एमाले र नेकपा एकीकृत समाजवादी बीच प्रतिष्पर्धा भएको छ । एमालेका कुशबहादुर थेवे र नेकपा एसका जितबहादुर राई चुनावी मैदानमा छन् । आज साँझसम्ममा मतपरिणाम आई सक्ने काफलेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्