
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
बुधवार बिहान १ बजेको मतगणनाअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले सो मत पाउँदै अग्रता बढाएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ७ हजार ३७७ मत पाएका छन् ।
स्थापितभन्दा बालेनले ६ हजार ३८४ मत बढी ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ५३५ मत ल्याएकी छन् ।
बालेनले सिंहको भन्दा ७ हजार २२६ मत बढी ल्याएका छन् ।