०९ असार २०८३, मंगलबार

छत्रेश्वरी गाउँपालिकामा एमाले विजयी

छत्रेश्वरी गाउँपालिकामा एमाले विजयी

सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले जितेको छ ।

एमालेका अध्यक्ष पदका उम्मेदवार ओजकुमार बुढाथोकीले नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टलाई १ हजार २६९ मतले पराजित गरेका छन् ।

बुढाथोकीले ३ हजार ८९२ मत ल्याएर विजयी हुँदा विष्टले २ हजार ६२३ मत पाएका छन् । बुढाथोकी यसअघिको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । 

गाउँपालिका उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार बुद्धकुमारी खत्री ३ हजार ३८२ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिता गिरीले ३ हजार ४६ मत मात्रै पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्