१० असार २०८३, बुधबार

दुल्लु नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

दुल्लु नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

दैलेखको दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार भरत रिजाल नेकपा एमालेका रुद्र शाहीलाई १३१ मतान्तरले पछि पार्दै मेयरमा विजयी भएका छन् ।

रिजालले ७ हजार ७२३ मत ल्याउँदा एमालेका रुद्र शाहीले ७ हजार ५९२ मत पाएका छन् ।

उपमेयरमा एमालेकी विना कार्की ७ हजार १२४ मत ल्याएर विजयी भएकी छन् भने माओवादीका प्रमोद खड्काले ७ हजार ८७ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्