
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।
बुधवार बिहानसम्मको नतिजामा कांग्रेस २ सय स्थानीय तहको प्रमुख जितेर अग्रस्थानमा छ । नेपाली कांग्रेसले १२१ स्थानमा अग्रता लिइरहेको छ ।
१२२ स्थान प्रमुख जितेर नेकपा एमाले दोस्रो स्थानमा छ । ७३ स्थानमा एमालेले लिड गरिरहेको छ । ८४ स्थानीय तह जितेर माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीले थप ३१ स्थानमा अग्रता लिइरहेको छ ।
पहिलो पटक चुनावमा होमिएको नेकपा एकीकृत समाजवादीले ७ पालिका जितेर चौथो स्थान कायम गरेको छ । अन्य १४ ठाउँमा उसका उम्मेदवार अगाडि छन् ।
पाँचौ स्थानमा रहेको जसपाले ५ स्थानीय तह जितेर २८ ठाउँमा अग्रता लिइरहेको छ ।
वैशाख ३० गते मतदान स्थगित भएका स्थानहरूमा हिजो भएको मतदानको गणना आजदेखि शुरु हुँदैछ । १२ स्थानमा स्वतन्त्र विजयी भएका छन् । ठूला महानगर र उपमहानगरबाहेक अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण विवरण गर्न यहाँ क्लिक गर्नुहोस्