२८ असार २०८३, आइतबार

रास्वपाले सच्यायो केन्द्रीय सदस्यको सूची, ध्रुवकुमार र पूजा समेटिँदा को-को भए आउट ?

असार १६, २०८३
काठमाडौं
रास्वपाले सच्यायो केन्द्रीय सदस्यको सूची, ध्रुवकुमार र पूजा समेटिँदा को-को भए आउट ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको छ ।

भुवन केसीको अध्यक्षामा रहेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो ।

सच्याइएको सूची अनुसार जनजाति क्लष्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक भूगोलतर्फ पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको उल्लेख छ ।

आफूभन्दा कम मत ल्याएका व्यक्तिलाई केन्द्रीय सदस्यमा विजयी घोषणा गरिएको भन्दै मगर र बास्तोलाले  आयोगमा उजुरी दिएका थिए । 

उक्त उजुरी परेपछि असार १२ गते बसेको आयोगको बैठकले त्रुटि सच्याएको हो । सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ । 

‘महाधिवेशन निर्वाचन कार्यविधि २०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापामगर निर्वाचित भएको देखिएकाले निज ध्रुवकुमार थापामगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय गरियो,’ आयोगले गरेको निर्णयमा भनिएको छ, ‘त्यसैगरी प्रादेशिक (भूगोल तर्फ) भएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा बास्तोलालाई निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएकोले प्राप्त मत परिणामको आवश्यक अध्ययन गरी पूजा बास्तोलालाई गण्डकी प्रदेश, प्रादेशिक (भूगोल)तर्फ निर्वाचित घोषणा गर्ने निर्णय गरियो।’

salt training

कमेन्ट गर्नुहोस्