
नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको समयसीमा साउन ३ गतेसम्म थप गरेको छ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले वर्षा यामका कारण सदस्यतासम्बन्धी प्रक्रिया पूरा हुन बाँकी रहेकाले साउन ३ गतेसम्म बढाउने निर्णय गरेको हो।
यस अघि क्रियाशील सदस्यता वितरण तथा नवीकरणको समयसीमा यही असार २० गतेसम्मको म्याद रहेको थियो ।
बैठकले क्रियाशील सदस्यता अद्यावधिक र वितरणमा समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सक्ने व्यवस्था पनि गरेको छ।
