
नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम च्यासलमा शुरू भइको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो कार्यक्रम शुरू भएको हो ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश, जनसंगठन र विभिन्न निकायबाट सुझाव संकलन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार एमालेले सुझाव संकलन कार्यक्रम गरिरहेको छ ।
जेठ ३० गते बागमती प्रदेशबाट शुरू भएको कार्यक्रम असार २ गते कोशी, असार ४ गते लुम्बिनी, असार ६ गते सुदूरपश्चिम, असार ८ गते कर्णाली, असार ११ गते गण्डकी र असार १३ गते मधेश प्रदेशमा भेला आयोजना गरिएको थियो ।
आज विशेष भेला र भोलि सम्पर्क समन्वय कमिटी, असार १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका एमालेको छ ।