
सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा जसपा पार्टीका उम्मेदवार विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले चार हजार १४९ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रप्रसाद यादवले तीन हजार ८०७ मत प्राप्त गरे।
यस्तै गाउँपालिका उपाध्यक्षमा जनता समाजवादीका रेणुदेवी मण्डल निर्वाचित भइन् । उनले तीन हजार ८३० मत प्राप्त गरिन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका रेखाकुमारी यादवले तीन हजार ७०७ मत प्राप्त गरिन्।