
चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार १ मतको अग्रता लिएकी छन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पार्दै रेनुले अग्रता बढाएकी छन् ।
हालसम्म ३८ हजार ८६४ मत गणना हुँदासम्म रेनुले १४ हजार ७६६ र विजयले ११ हजार ७६५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन् । अधिकारीले १७ हजार ९६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत पाएकी छन् । उपमेयरमा अधिकारीले ७ हजार ५९५ मतले अग्रता लिएका छन् ।