०९ असार २०८३, मंगलबार

बुटवलमा शिल तोडिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित

बुटवलमा शिल तोडिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित

रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ को मतगणनाका क्रममा मतपेटिकाको शिलबन्दी तोडिएको भेटिएपछि मतगणना स्थगित भएको छ ।

बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले मतपेटिका खोल्ने क्रममा शिल चुँडिएको भेटिएपछि मतगणना रोकिएको बताए । 

च बुथको दोस्रो बाक्साको ४१३५३८ को बाक्सा लक तोडिएको अवस्थामा भेटिएको र मतपेटिका शिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकाले रहस्यमय भएको नेकपा एमालेका वडा अध्यक्ष दिननाथ भट्टराईले बताए ।

१६ हजार मतदाता रहेको वडामा साढे १० हजार मत खसेको छ । सबैको चासो र ध्यान केन्द्रित रहेको बुटवल–११ को मतगणना अहिले रोकिएको छ । शिल चुँडिँदैमा मतपत्रमा असर नगर्ने भएकाले राजनीतिक दलहरूलाई मिलेर आउन आग्रह गरेको निर्वाचन अधिकृत पौडेलले बताए ।

बुटवलमा हालसम्मको मतपरिणाम अनुसार कांग्रेसको अग्रता छ । 

salt training

कमेन्ट गर्नुहोस्